शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदै
Breaking News

लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदै

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आज स्थापना दिवस मनाउँदैछ। लुम्बिनी प्रदेश सरकार स्थापनाको पाँच वर्ष पूरा भएको अवसरमा एक समारोहकाबीच राजधानी दाङको देउखुरीमा कार्यक्रम गरी मनाउन लागिएको हो।कार्यक्रमको उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले गर्नेछन्। स्थापना दिवसमा सम्मान तथा विभूषण प्रदान गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयका उपसचिव खिमानन्द ज्ञवालीले जानकारी दिए। प्रदेश स्थापना दिवसको अवसरमा आज प्रदेशभर सार्वजनिक विदा दिइएको छ।

दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै लुम्विनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले सरकारको कार्य अपेक्षित रुपमा अझै जनउत्तरदायी र विस्वश्नीय वनाउनु पर्ने जरुरी रहेको बताए। उनले शुन्य संरचनाबाट शुरु भएको प्रदेश स्थापनाको यो अवधीमा प्रदेश सभा र सरकारले केही गति लिन लागेको अनुभूती जनस्तरबाटै हुन थालेको उल्लेख गरका छन्। शक्ति पृथकीकरण सिद्धान्त अनुसार चल्ने प्रदेश सभा र प्रदेश सरकार एक अर्काका परिपुरक भएको भन्दै उनले सहकार्य र समन्वयबाटै यसको सम्बन्ध अझै मजवुद बनाउन सकिने बताएका छन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार