शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • खप्तडछान्ना गाउपालिकामा सोमबारदेखी दन्त चिकित्सा शिविर सुरुहुने
Breaking News

खप्तडछान्ना गाउपालिकामा सोमबारदेखी दन्त चिकित्सा शिविर सुरुहुने

बझाङ । खप्तडछान्ना गाउपालिकामा सोमबारदेखी दन्त चिकित्सा शिविर सुरुहुने भएको छ ।टिचिङ कान्ति डेण्टल हस्पिटल काठमाडौँ र बझाङको खप्तडछान्ना गाउँपालिकाको आयोजनामा मंसिर ५ र ६ गते निःशुल्क दन्त चिकित्सा शिविर सुरुहुने जनाइएको छ ।शिविरमा दुई चरण गरेर बिरामीलाइ चेकजाँच गरिने भएको छ । पहिलो चरणमा इमर्जेन्सी केस हेर्ने त्यसपछि सबै डाटा संकलन गरी दुइ महिनापछि ठुलो शिविर संचालन गर्ने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार अहिले दाँत निकाल्नु पर्ने बिरामीको दाँत निकालिनुका साथै सामान्य रुपमा सफा गर्नु पर्ने बिरामीको दात सफा गरीने र बाकी जटिल केसको भने दुइ महिनापछि थप विशेषज्ञ सहितको टोली सेवा दिने बताइएको छ ।

शिविरको आयोजना टिचिङ कान्ति डेण्टल हस्पिटल काठमाडौँ र खप्तडछान्ना गाउँपालिकाले गरेका हुन उक्त कार्यक्रमको प्रायोजन खप्तड जिपलाइन रिसोर्ट तथा मिडिया पार्टनरकोरुपमा तेस्रो ध्रुव साप्ताहिक मिडियाले गरेका छन् ।

निःशुल्क दन्त चिकित्सा शिविर छान्ना स्वास्थ्य चौकी पसलबगर छान्नामा संचालन हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै