शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • लात हानेर मतपेटिका फुटाइयो
समाचार

लात हानेर मतपेटिका फुटाइयो

बझाङ । बझाङमा स्वतन्त्र उम्मेदवारका प्रतिनिधिले लात हानेर मतपेटिका फुटाएका छन्। फुटेको मतपेटिकाभित्रको मतपत्र अर्को मतपेटिकामा राखेर मुचुल्का तयार पारेपछि दुवै पक्षबीच सहमति जुटेको बताइएको छ। स्वतन्त्र उम्मेदवारका प्रतिनिधि र नेकपा माओवादी केन्द्रका उम्मेदवारका प्रतिनिधिबीच विवाद हुँदा स्थगित भएको मतदान अहिले सुचारु भएको छ।

बझाङको केदास्यु गाउँपालिका वडा नम्बर १ बेताल माध्यमिक विद्यालय, रातापानीमा बिहान साढे ९ बजेदेखि रोकिएको मतदान केही बेरअघि शुरु भएको ह। स्वतन्त्रका एजेण्ट कमल भण्डारी र माओवादी उम्मेदवारका एजेण्ट कुमार भण्डारीबीच विवाद उत्पन्न भएपछि मतपेटिकालाई लात हानेर फुटाइएको थियो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार