शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • अब सेयर बजार मंसिर ६ गतेदेखि खुल्ने
स्टक

अब सेयर बजार मंसिर ६ गतेदेखि खुल्ने

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार अब यही मङ्सिर ६ गते मङ्गलवारदेखि मात्रै हुने भएको छ । आज शुक्रवार कारोबार बन्द छ । शनिवार, आइतवार र सोमवारसमेत सार्वजनिक बिदा दिइएकाले शेयर कारोबारसमेत बन्द हुने नेपाल स्टक एक्सचेन्ज लिमिटेडले जनाएको छ । मङ्सिर ४ गते आइतवार प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव हुँदैछ ।

सरकारले चुनावलाई केन्द्रमा राखेर ४ र ५ गते सार्वजनिक बिदा दिएको छ । त्यस कारण शेयर कारोबार पनि ती दिनमा नहुने भएको हो । मंसिर १ गते बिहीवार शेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव ५७ अंकले बढेर एक हजार नौ सय ३६ दशमलव ८३ विन्दुमा पुगेको थियो । बिहीवारको कारोबारपछि बजार पुँजीकरण २७ खर्ब ८६ अर्ब दुई करोड ३४ लाख रुपैयाँ बराबर रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार