सोमवार, पुस १, २०८१
  • होमपेज
  • ‘झिक्क जसी महिला बिराम पाली बस्याकी छन्’
बझाङी भाषा

‘झिक्क जसी महिला बिराम पाली बस्याकी छन्’

डोल्मा तामाङ
उपाध्यक्ष, साइपाल गाउँपालिका

तमुले साइपालको विकास कसोरी अरुला मान्याको छ ?

–साइपाल सबुईभन्दा टाणाको ठाउँ हो । यो सबुईखी था भयाकोई हो । त्याँ पुग्नाखी पनि हामुलाई चैनपुर होई तीन दिन लाग्दो छ । हिटेरै झानु आउनु हो । यइ ठौरको विकास धेरै अर्नु पण्न्या छ । सबुईभन्दा बणी दुःख हुन्या ठाउँ पनि साइपालै हो । अब यइको विकास अर्नाखी मु एक्लीले त केइ हुँदैन । सबै गाउँको विकासका लागि हामै सबै मिली पइली अन्र्या, त्याँपछि अर्न्या, त्याँपछि अन्र्या कामको लिस्ट बनाउन्या हुँ रे सक्या जति हामे सबै मिली साइपालको विकासका काम अन्र्या सल्लाह अर्याका छौं ।

तम्रा गाउँपालिका सबुईभन्दा बणी समस्या क्या छन् ?

–हाउरा गाउँपालिकामा समस्या त मस्तै छन् । ती समस्या कति सजिला बनाइ सक्किन्या हुन्, कति रन्या हुन् ती पछिकाई कुणा हुन् । अइल साइपालमा सबुईभन्दा महिलाका समस्या बणी छन् । महिलाका पनि पाठेघर खस्न्या, गर्भवती महिलाका समस्या, सेतोपानी बग्न्या त्यसा दुःख छन् । साइपालकी महिला त्यसा दुःख पाली बस्याकी छन् । हामुखी यसो भयो कोइ भन्निन । अरु ठौरका जसोरी सबै कुणा भनी सक्न्या अवस्था नाइप । बिरामी भयाकी त्यसी महिलाले सदरमुकामसम्म झान सक्न्या ठाउँ पनि नाइप । पणाइलेखाई हेन्र्या हो भन्या पनि साइपालमा खासै पणाई आच्छिन । अझ महिला ता झन् पण्दाई नाई । अर्खो समस्या भन्याको पनि यइ ठौर टाणा भयाका हुनाले हामुले समस्या सुनाउनु मात्रै हो, अरु केइ हुँदैन । भोकमरी हुन्या साइपालै हो हो, बाटोघाटो नभयाको साइपालै हो, रुप्याको कारोबार अर्नाखी बैंक नभयाको साइपालै हो, नौकरी नपाउन्या यसुई ठौरका माइस हुन् । साइपालमा मस्तै समस्या छन् ।

तमे ता न्यायिक समितिकी संयोजक पनि होउ, कसा कसा समस्या आउँदा छन् तम्रा टेबुलमी ?

–हामे आयाका साणी दुई मैना मात्रै भया । त्यसा समस्या ता आयाका आच्छिन । अस्ती २ समस्या झगणा भई आयाका छिया । तीनुखी मिलाई बन्ट पठायाकी हुँ । अइल त्यसा घटना भयाका ता आयाका नाई । आयापछि सबुईखी न्याय दिन्या हुँ । कसुइखी आखा पाखा हन्र्या नाई । आयाका दुमुई पक्षलाई सम्झाई बुझाई अरी पठाउन्या हुँ । गलत अन्र्याखी कारबाही पनि अन्र्या हुँ । हामुले पायको अधिकारअनुसार काम अन्र्या हुँ ।

तमे राजनीतिमा आयाको कति भयो ?

–मु आयाको मस्तै ता भयाको नाई । हाउरा तामाङ समुदायमी राजनीति पनि खासै हुँदैन । हामे ता व्यापार अर्न्या माइस । त्याउणोई हाउरा ठौर सामुहिक काम (सामाजिक) काम अन्र्या मान्छे कोइ नाइप । साइपाल अलगै गाउँपालिका हुनुपण्यो भनेर आन्दोलन पनि अर्याउ । तामाङ समुदायका माइस पनि कम भयाको ठौर हो साइपाल । त्याँ खासै आफ्नाई ठौर बस्न्या, आफ्नो काम अन्र्या, समाज पनि निकोरी नबुझ्याका हुनाले हाम्रो पार्टी नेकपा एमालेको साइपाल गाउँपालिकामी सधाँई काम अन्र्या महिला माइस नभयापछि पार्टीले मुखी टिकट दियो । मुइले पनि गाउँघर गयाका बेला सबुई साथ भेटघाट, उनका काम पनि अर्याको हुनाले साइपालका माइसले मुखी जितायो । पार्टीमा लाग्या ता ५÷७ वर्ष मात्रै भयो । पार्टीले हामुलाई सामाजिक काम अर भनेर खटाउँदो छियो । त्यई बेला हामे गाउँघरको काम अन्र्या हुनाले मुखी पनि अझ काम अरली भनी साइपालका माइसले पठायाका हुन् । अबका ५ वर्ष तिनुईको काम अरी बस्न्या हुँ । पार्टीमा अइल जिल्ला कमिटी सदस्य भयाकी छु । सामुदायिक उपभोक्ता महासंघकी केन्द्रीय सदस्य पनि भयाकी छु ।

साइपालमी तामाङ कति मौ (परिवार) छन् ?

–हाउरा ठौर तामाङका मौ एक सय जति छन् । बझाङमा काँई नभयाका जाति पन साइपाल बस्ता छन् । सबुईभन्दा बणी जनजाति भयाको पन साइपालै हो । सबई जातजाति भयाका ठौर हुनाले पनि हामले अलग गाउँपालिका माग्याका हौं । तामाङबाट राजनीतिमा आयाका अरु पन छन् । पइलीका गाविसका अध्यक्ष पनि भयाका, अचेल वडाका सदस्य, कोइ कोइ वडाध्यक्ष, पैलीका जिल्ला समिति सदस्य पनि भयाका छन् तामाङ समुदायबाट ।

साइपालमी महिलाखी हुन्या हिंसा कत्तिको छ ?

–याँ महिला हिंसा पन झिक्कै छ । रक्सी खाएर महिलाखी हान्न्या, कुट्न्या, माइकी दिन्या याँतिर बणी नै छ । बाइरबाट रक्सी आउन्याभन्दा पन याइ बनाइ खाएर होहल्ला अन्र्या मस्तै छन् । तिनुखी बेला बेला हामुले सम्झाई बुझाई अर्याका छौं । अब गाउँ गाउँमा कार्यक्रम पन अन्र्या सल्लाह अर्याका छौं । महिलाको कुणाई नबुझीबन्ट नहुन्या नहुन्या आरोप लगाउँदाई कुट्टाई रन्या मस्त छन् । महिलामाथि हुन्या हिंसा घटाउनाखी अब सप्पै वडामा महिला सञ्जाल गठन अन्र्या हुँ । त्यसपछि सबै वडामा भयाका घटना कम अर्न रे तिनुका चेत रिटाउनाखी लागि हामे सञ्जालले पनि सहयोग हुन्छ ।

साइपालमा जातीय विभेद कत्तिको हुँदो छ ?

–हाउरातिर जातीय विभेद खासै हुँदैन । सबुई समुदाय आ–आफ्नाई ठौर बस्छन् । आफ्नुई काम अर्दा छन् । कैलकैली मात्रै गाउँपालिका आउन्या हुन् । याँतिर खासै विभेद छैन ।

जडिबुटी मस्तै हुन्या ठौर हो साइपाल । त्या चोन्र्या, सिकार अर्न्या माइसखी कसोरी रोक्ता छौ ?

–साइपाल जडिबुटीको ता खातै हो । याँका वनमा हामुले चोन्र्या, सिकार अन्र्याखी सबै गाउँमी तन्नरीहरूलाई पाल्या (स्वयंसेवक) राख्याका छौं । वन पनि पुर्जी काटीबन्ट बेला बेलामा जडिबुटी कोर्न झान्या साइपालका माइसखी खुला अर्दा छौं । आजभोल त्यसो चोरी पनि हुँदैन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार