शनिबार, पुस ६, २०८१
  • होमपेज
  • देशभरका अधिकांश स्थानमा मेघगर्जन, सतर्क रहन महाशाखाको आग्रह
Breaking News

देशभरका अधिकांश स्थानमा मेघगर्जन, सतर्क रहन महाशाखाको आग्रह

काठमाडौं । आगामी बुधबारदेखि मौसम सुधार हुने भएको छ । बुधबारदेखि मनसुनको न्यून चापीय रेखामाथि अर्थात् भारततिर सर्ने सम्भावना रहेकाले मनसुन केही कमजोर भई मौसम सुधार हुने जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जुवसीले बताइन् ।

उनका अनुसार पछिल्लो केही दिनयता देशको अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ । यो क्रम बधुबारदेखि रोकिने जनाएको छ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको विभागले जनाएको छ । हाल देशका प्रदेश नं १, बागमती, गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

राति देशभर सामान्य बदली रही देशका पहाडी भूभागका केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार