शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • २ दिनमै सुदूरपश्चिममा ६८ जनामा कोरोना संक्रमण
Breaking News

२ दिनमै सुदूरपश्चिममा ६८ जनामा कोरोना संक्रमण

कैलाली । सुदूरपश्चिम प्रदेशमा २ दिनमा थप ६८ व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार आइतबार र सोमबार गरिएको ८७१ को नमूना परीक्षण गर्दा ६८ जना संक्रमित भेटिएका हुन् ।

संक्रमण रोकथाममा भइरहेको कमीकमजोरीले यो रोगको संक्रमण दर पछिल्ला दिनमा उकालो लागेको स्वास्थ्यकर्मीले बताएका छन् । संक्रमित स्वयंले पनि चासो नदिँदा पनि यो रोगको संक्रमणदर बढेको हो ।

सामाजिक विकास मन्त्रालयका सचिव दीपक लामिछानेले संक्रमण रोकथामका लागि सीमा नाकाबाट भित्रिने नागरिकको कडाइका साथ स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको बताए । जटिल अवस्थाको संक्रमितलाई अस्पतालसम्म पुर्‍याउन गौरीफन्टा नाका र गड्डाचौकी नाकामा एम्बुलेन्सलाई तयारी अवस्थामा राखिएको उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै