शनिबार, साउन १२, २०८१
  • होमपेज
  • बझाङमा ७१ करोड १७ लाख बजेट फ्रिज
अर्थ

बझाङमा ७१ करोड १७ लाख बजेट फ्रिज

बझाङमा आर्थिक वर्ष ०७८/७९ मा ७२ करोड १७ लाख रूपैयाँ बजेट फ्रिज गएको छ । संघ, प्रदेश र स्थानीय सरकारको कुल बजेटबाट चालू र पुँजीगत गरी ८.६१ प्रतिशत बजेट फ्रिज गएको हो ।

कोष तथा लेखा नियन्त्रण कार्यालय बझाङका अनुसार ८ अर्ब २७ करोड ५ लाख ५५ हजार ४७ रूपैयाँमध्ये ७ अर्ब ५५ करोड ८७ लाख ८१ हजार ८८४ रूपैयाँ ८३ पैसा अर्थात् ९१.३९ प्रतिशत खर्च भएको छ भने ७१ करोड १७ लाख ७३ हजार १६२ रूपैयाँ १७ पैसा अर्थात् ८.६१ प्रतिशत बजेट फ्रिज गएको हो ।

चालू बजेट ९६ प्रतिशत खर्च

चालू खर्चको ग्राफ हेर्ने हो भने अर्थ मन्त्रालयको कुल बजेट नै सफलता नजिक देखिन्छ । चालू बजेटको ९० प्रतिशतको हाराहारीमा खर्च हुनु नै सफलता नजिक पुगेको बुझिन्छ । बझाङमा पनि चालू खर्चको ग्राफ सफलता नजिक छ । गएको आर्थिक वर्षका लागि छुट्याइएको चालू बजेट ६ अर्ब ७८ करोड ८० लाख ३६ हजार ७०६ रूपैयाँमध्ये ६ अर्ब ५४ करोड १८ लाख ४९ हजार ४५१ रूपैयाँ ३७ पैंसा अर्थात् ९६.३७ प्रतिशत खर्च भएको छ भने २४ करोड ६१ लाख ८७ हजार २५४ रूपैयाँ ६३ पैसा अर्थात् ३.६३ प्रतिशत मात्रै फ्रिज गएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

स्थानीय तथा संघ सरकारबाट छुट्याइएको चालू खर्च ५ अर्ब ९७ करोड ९७ लाख १६ हजार ७०६ मध्ये ५ करोड ८२ करोड ६० लाख ७४ हजार रूपैयाँ ५१ पैसा अर्थात् ९७.४३ प्रतिशत खर्च भएको छ भने २.५७ प्रतिशत रकम फ्रिज गएको हो । त्यस्तै प्रदेश सरकारबाट आएको बजेटको पनि चालू खर्च ८८ प्रतिशतभन्दा बढी खर्च भएको छ । ८० करोड ८३ लाख २० हजार रूपैयाँ छुट्याइएको चालू खर्चमध्ये ७१ करोड ५७ लाख ७५ हजार ४५० रूपैयाँ ८६ पैसा अर्थात् ८८.५५ प्रतिशत खर्च भएको छ भने ११.४४ प्रतिशत रकम फ्रिज गएको कोलेनिकाको तथ्यांकले देखाएको छ ।

विकासे बजेट ४६ करोड फ्रिज

विकासे बजेटको रुपमा लिइएको पुँजीगत खर्च बझाङमा पनि निराशाजनक अवस्थामा देखिएको छ । कोलेनिकाको तथ्यांकअनुसार १ अर्ब ४८ करोड २५ लाख १८ हजार ३४१ रूपैयाँ खर्च गर्ने लक्ष्य लिएकोमा १ अर्ब १ करोड ६९ लाख ३२ हजार ४३३ रूपैयाँ ४६ पैसा अर्थात ६८.६० प्रतिशत मात्रै खर्च भएको छ । बाँकी ४६ करोड ५५ लाख ८५ हजार ९०७ रूपैयाँ ५४ पैसा अर्थात् ३१.४० प्रतिशत बजेट फ्रिज गएको तथ्यांकमा उल्लेख छ ।

संघ तथा स्थानीय सरकारले छुट्याएको ४९ करोड २६ लाख १४ हजार ३४१ रूपैयाँमध्ये ३४ करोड ११ लाख ६३ हजार ८७७ रूपैयाँ १४ पैसा अर्थात् ६९.२५ प्रतिशत खर्च भएको छ भने ३०.७५ प्रतिशत रकम फ्रिज गएको हो । प्रदेश सरकारले छुट्याएको ९८ करोड ९९ लाख ४ हजार पुँजीगत बजेटमध्ये पनि ६७ करोड ५७ लाख ६८ हजार ५५६ रूपैयाँ ३२ पैसा अर्थात् ६८.२६ प्रतिशत खर्च भएको छ भने बाँकी ३१ करोड ४१ लाख ३५ हजार ४४३ रूपैयाँ ६८ पैसा अर्थात् ३१.७४ प्रतिशत फ्रिज गएको कोष तथा लेखा नियन्त्रण कायालयले जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार