आइतवार, भदौ २३, २०८१
  • होमपेज
  • वाणिज्य बैंकहरुद्वारा वैशाखका लागि निक्षेपमा नयाँ ब्याजदर ११.०३ प्रतिशत नै दिने सहमति
अर्थ

वाणिज्य बैंकहरुद्वारा वैशाखका लागि निक्षेपमा नयाँ ब्याजदर ११.०३ प्रतिशत नै दिने सहमति

 

वाणिज्य बैंकहरुले वैशाखका लागि निक्षेपमा नयाँ ब्याजदर ११.०३ प्रतिशत नै दिने सहमति गरेका छन् । बैंकर्स संघको आइतबार बसेको बैठकले चैतका लागि तोकिएको ब्याजदर नै वैशाखका लागि पनि लागू गर्ने भद्र सहमति गरेका हुन् । बैंकहरुले हरेक महिना निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गर्नुपर्ने व्यवस्था छ । पछिल्लो केही महिना यता लगानी योग्य रकमको अभाव हुँदा बैंकहरुले निक्षेपको ब्याजदर लगातार बढाउँदै आएका छन् । फागुन महिनामा सहज भए वैशाखका लागि ब्याजदर घटाउने बैंकर्सहरुको भनाइ थियो । तर तरलता समस्या सहज नभएपछि ब्याजदर स्थिर राख्ने बैंकहरुले भद्र सहमति गरेका हुन् । यस अघि फागुनमा नै ११.०३ प्रतिशत ब्याजदर तोकिएको थियो । यसलाई चैतमा पनि बैंकहरुले निरन्तरता दिएका थिए ।

यसैबिच वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको संस्था नेपाल बैंकर्स संघले एक हप्तासम्म विलासी वस्तुहरुको प्रतितपत्र ९एलसी० खोल्ने काम ठप्प पार्ने निर्णय गरेको छ । बैंकहरुले एलसी नखोल्दा बाहिर देशहरुबाट आयात हुने क्रम घट्नेछ । आइतबार बसेको संघको बैठकले वैशाखामा निक्षेपको ब्याजदर स्थिर राख्ने र सँगै एक हप्तालाई अत्यावश्यक बाहेकका वस्तुहरुको एलसी नखोल्ने निर्णय गरेको हो । बढ्दो आयातका कारण विदेशी मुद्रा बाहिरिने क्रम बढेको छ । विदेशी मुद्राको सञ्चिति घट्दा अर्थतन्त्र समस्यामा पर्न सक्ने भन्दै राष्ट्र बैंकले विलासिताका वस्तुहरुको एलसी नखोल्न भनेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार