शनिबार, साउन १२, २०८१
  • होमपेज
  • श्रीलङ्का बन्न जाँदैछ नेपाल:अध्यक्ष ओली
समाचार

श्रीलङ्का बन्न जाँदैछ नेपाल:अध्यक्ष ओली

 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको आर्थिक अवस्था श्रीलङ्काको जस्तै बन्न लागेको टिप्पणी गरेका छन् । आज आइतवार नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको १३ औँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशको अर्थतन्त्र श्रीलङ्काको जस्तै बन्न लागेको बताएका हुन्। उनले केही समयपछि कर्मचारीले तलब पाएनन् र ज्येष्ठ नागरिकले भत्ता नपाएमा अनौठो मान्नुपर्ने अवस्था नभएको टिप्पणी गरे । देशको अवस्था यस्तो हुँदा पनि गठबन्धन सरकार एमालेलाई सरकारबाट हटाइयो भनेर आनन्द मानेर बसिरहेको उनले बताए ।

उनले भने, ‘अहिले अर्थतन्त्र हेर्नुस् त देशको । श्रीलङ्का बन्न जाँदैछ नेपाल । केही समयपछि तपाईँहरूले तलब पाउनुभएन भने अनौठो नमान्नु होला । जेष्ठ नागरिकले भत्ता पाएनन् भने अनौठो नमान्नु होला । दिन सक्ने अवस्था छैन । योजनाहरू, आयोजनाहरु काटिएका छन् । देश यस्तो अवस्थामा पुग्दा पनि गठबन्धन आनन्दमा छ । यो नेपालका लागि अनिष्टको समय हो,’ ओलीले भने, ‘एमालेका लागि होइन देशका लागि’

अहिले देशको पैसा बाहिर बाहिरै गइराखेको छ । कारोबारहरू उतै भुक्तानी हुन्छ । देशभित्र पैसा हुँदैन । चरम भ्रष्टता भएको छ । यो कुरा सरकारमा बस्नेहरू र गठबन्धनवालाहरूले बुझेकै छैनन् ।’ अध्यक्ष ओलीले विद्यार्थीलाई जीवनोपयोगी शिक्षा दिनका लागि शिक्षकहरूलाई आग्रह पनि गरे ।एमालेलाई धेरै दिन सरकारबाट बाहिर राख्न नसकिने भन्दै उनले एमाले ‘ढुंगाको काम फोडेर’ पनि सरकारमा आउने बताए।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार