बिहिबार, चैत्र ६, २०८१
  • होमपेज
  • एमसीसी परियोजनाको कार्यान्वयन प्रकृया छिटो अघि बढाउ : अर्थमन्त्री
अर्थ

एमसीसी परियोजनाको कार्यान्वयन प्रकृया छिटो अघि बढाउ : अर्थमन्त्री

 

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको कार्यान्वयन प्रकृया छिटो अघि बढाउनुपर्ने बताएका छन् । एमसीसीको डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्स, एमसीसीका नेपालस्थित राष्ट्रिय निर्देशक (निमित्त) सञ्जय पौडेल, नेपालस्थित अमेरिकी दूतावासका राजनीतिक विशेषज्ञ रोजी कट्टेल र अर्थ मन्त्रालयका प्रतिनिधिबीचको भर्चुअल बैठकमा मन्त्री शर्माले परियोजनाको कार्यान्वयन अवधि एक वर्ष बाँकी भए पनि त्यति ढिला गर्न नहुने बताए ।
‘एक वर्षे कार्यान्वयन अवधि मेरा लागि धेरै लामो समय भयो’, उनले भने, ‘हामी छिटो भन्दा छिटो काम सुरु गर्न चाहन्छौं । त्यसका लागि एमसीसीले पनि आवश्यक तयारी गरौ ँभन्न चाहन्छु ।’

संसदबाट एमसीसी अनुमोदन गर्ने प्रकृयामा केही समस्या देखिए पनि कार्यान्वयन चरणमा गएपछि कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता जनाएका छन् । ‘एमसीसी आर्थिक परियोजना हो र यो चाँडै अगाडी बढ्छ भन्ने कुरामा आम नेपालीलाई विश्वास भइसकेको छ । त्यसैले अब एक वर्ष भित्र कार्यान्वयन गर्ने भनेर समय तोक्ने होइन, जतिसक्छो छिटो परियोजना कार्यान्वयन गर्न थाल्नुपर्छ’, उनले भने ।

भर्चुअल बैठकमा डेपुटी भाइस प्रेसिडेन्ट जोनाथन ए ब्रुक्सले नेपालको अर्थतन्त्रलाई सकारात्मक दिशामा अगाडी बढाउन परियोजनाले सघाउने विश्वास व्यक्त गरे । उनले परियोजना अनुमोदनका लागि नेतृत्वदायी भूमिका खेलेको भन्दै अर्थमन्त्री शर्मालाई धन्यवाद दिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार