राप्रपा नेपालका अध्यक्ष कमल थापाले आउँदो चुनावमा नेकपा एमालेसँग सहकार्य हुन सक्ने बताएका छन् । आज सोमवार मन्थलीमा आयोजित पार्टीका अगुवा कार्यकर्ताहरूको भेलालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताए । अहिलेको परिस्थितिमा राप्रपा नेपाल एक्लै चुनावमा जाँदा सोचेजति परिणाम ल्याउन नसक्ने अवस्था भएकाले एमालेसँग मिलेर जाने आन्तरिक तयारी पार्टीले गरिरहेको अध्यक्ष थापाको भनाइ छ ।
आफूलाई क्रान्तिकारी भन्ने पार्टीहरूको अविवेकीपूर्ण कामले देश तहसनहस भएको उनले दाबी गरे । गएको १५ वर्षको बीचमा राप्रपा नेपालबाट पनि कमजोरी भएको स्वीकार्दै अध्यक्ष थापाले नेतृत्वमा आफू रहेकाले माफी दिन जनतासँग आग्रह गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु