हिजो जहानियाँ शासन हुँदा,
न स्वतन्त्रता थियो
न समानता थियो
न विकास,
थिए त केवल
राजाका सालिक
आसे पासेद्वारा जयजयकार
रैतीमा सधैँ अभाव र हाहाकार !
२४० वर्ष केही परिवारले मात्रै खायो
अनि जनतामा स्वतन्त्र चेतना पलाओ
उठे विद्रोहका आवाज,
ढले मण्डले,
तर,
प्रजातन्त्र अलि अधुरो भाथ्यो
बन्दुकले फेरी निरंकुशता लाद्यो !
फेरी जनयुद्धले,
रैतीलाई बनायो नागरिक
खोसिए दण्ड मुकुट, ढले केही सालिक !
आफ्नो भाग्यका जनता अब आफैँ मालिक
सुन अंकल,
तिम्रो बुवाको पुस्ता असर्फीले ढोगेर कृपा पायो होला
राम्रै चाकरी गर्नेले दरबारकै भोजको जुठो खायो होला
तर तिम्रा छोरा
भतिजा,
नागरिक भई सके, जागिसके सब
मार्ग परिवर्तन, यूटर्न, हुँदैन अब
बुझ भतिजा,
बदलियो व्यवस्था
बदलौँ अब अवस्था
भन अङ्कललाई अब विश्राम लेउ
उनलाई हिजोकै स्मरणमा भुल्न देऊ
अंकलको स्वघोषित राष्ट्र (राजा)वाद
भतिजको गणतन्त्रसँग भयो विवाद !
चाहे गर तिमी बैठक भेला, एकता या अधिवेशन
के भन्छौ तिनलाई जो भन्छन् ‘नोसन अवाउ नेशन ?’
भतिज, अंकल किन नबुझिसेको ?
कसरी होला मिलन भूत र भविष्यको ?
सकियो जमाना दमन, दण्ड र गोलीको
काम गर आज, योजना बनाऊ अब भोलिको !
फेसबुक प्रतिक्रियाहरु