शुक्रबार, असार ७, २०८१
  • होमपेज
  • निर्वाचन आयोगद्वारा चुनावमा लैङ्गिक र समावेशितालाई ध्यान दिन भन्दै १७ बुँदे निर्देशन
Breaking News

निर्वाचन आयोगद्वारा चुनावमा लैङ्गिक र समावेशितालाई ध्यान दिन भन्दै १७ बुँदे निर्देशन

 

निर्वाचन आयोगले चुनावमा लैङ्गिक र समावेशितालाई ध्यान दिन भन्दै १७ बुँदे निर्देशन दिएको छ । आयोगले स्थानीय तहको चुनावमा संविधान, कानुन र निर्वाचन आयोगका विभिन्न व्यवस्थाअनुसार महिला तथा समावेशी समूहका व्यक्तिहरूलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउन निर्देशन दिएको हो । राजनीतिक दलले चुनाव सम्बन्धित क्रियाकलापहरू सञ्चालन गर्दा विभिन्न जातजाति, सम्प्रदाय, लिङ्ग, धर्म, भाषा, क्षेत्र र संस्कृतिको सम्मान गर्दै आपसी सुसम्बन्धमा खलल पार्ने कुनै गतिविधि हुन नदिन आयोगले निर्देशन दिएको छ । मतदानस्थल, मतदान केन्द्र, मतगणनास्थललाई लैङ्गिक तथा अपाङ्गमैत्री बनाउन आवश्यक सहयोग गर्न, मतदानलाई सहज तुल्याउन मतदान अधिकृतको स्वीकृति लिइ आवश्यक सहजीकरण र सहयोग गर्ने लगायतका निर्देशन आयोगले दिएको छ ।

यस्तै प्रचार प्रसार गर्दा महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति एवम् समावेशी समूहका उम्मेदवारलाई प्रत्यक्ष वा अप्रत्यक्ष धम्की दिने, व्यक्तिगत लाञ्छना लगाउने, गालीगलौज गर्ने, हतोत्साहित गर्ने, चरित्रहत्याका प्रयास गर्ने एवम् कमजोरी देखाउने जस्ता विभेदजन्य काम हुन नदिन आयोगले ध्यानाकर्षण जनाएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार