शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • सामाजिक सञ्जाल : पश्चगामीहरूको बसिबियाँलो !
Breaking News

सामाजिक सञ्जाल : पश्चगामीहरूको बसिबियाँलो !

चर्का तर खोक्रा राष्ट्रवादी नारा
दिनरात लगाउँदै गर…
षड्यन्त्रका सिद्धान्त फैल्याई
जनमानसमा भ्रम छर !
फेसबुकमा साझा गर ‘फेक न्यूज’
युट्यूबरलाई केवल चाहियो भ्यूज
स्ट्याटस लेख,
हामीबाहेक सबै
‘राष्ट्रघाती’,
विदेशी ‘एजेन्ट’
भाइरस
आफ्नै आसेपासे युट्यूबर समाई
आफ्नै भिडियो बनाउन लगाई,
अँध्यारो कोठामा एक्लै बसेर
२०२२ विसंको खरानी घसेर
२०२२ एडी सापेक्ष मार्ग नरोज
युवालाई अबुझ ठानी लाद्न खोज
मार्ग परिवर्तन,
यूटर्न,
विचार शून्य भई भन
‘विचारभन्दा माथि देश’
आँखामा हिजो वादको पट्टी लगाई
आफ्ना अन्धभक्तको जूम मिट बोलाई
भन,
लोकतन्त्रलाई हटाऊ
फेरि एकात्मक राज्य रोज !
राष्ट्रवाद खोप लगाऊ
अनि धर्म पो हो बुस्टर डोज !
बुझियो अब मण्डलेको मन…
तिमीसँग उत्तर छ भने भन !
भ्रष्टाचार रोक्न कुन साम्राज्यवादले रोक्यो ?
शिक्षा सुधार गर्न कुन विदेशी शक्तिले छेक्यो ?
जनता जान्न चाहन्छ,
तिम्रो पश्चगामी नारामा
जातका वास्तविक मुद्दा अटाउँछ ?
स्वेदेशमैं जागिर कसरी बढाउँछ ?
सञ्जालमा देश खतरामा छ भन
भड्काऊ गाउँ सहर !!
तर,
सार्वभौम जनता
अब जागिसके…
साँचो राष्ट्रवादी नेता
छान्न लागिसके !

विष्णुप्रसाद जोशी

BishnuJoshi999

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार