बिहिबार, भदौ २०, २०८१
  • होमपेज
  • आज उच्च हिमाली क्षेत्रका विभिन्न स्थानमा हिमपातको सम्भावना
Breaking News

आज उच्च हिमाली क्षेत्रका विभिन्न स्थानमा हिमपातको सम्भावना

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती र गण्डकी प्रदेशको पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक बदली रहेको छ।

शुक्रबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षा र सुदूरपश्चिम, कर्णाली,गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार पनि देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी , गण्डकी प्रदेशमा तथा बाँकी पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । कर्णाली तथा गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आइतबार भने देशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। हिमपात र हल्का वर्षा हुनका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार