शनिबार, जेष्ठ ५, २०८१
  • होमपेज
  • कांग्रेसलाई थप सशक्त बनाउन मेरो उम्मेदवारी : नेता सिंह
Breaking News

कांग्रेसलाई थप सशक्त बनाउन मेरो उम्मेदवारी : नेता सिंह

नेपाली कांग्रेसका नेता तथा पूर्व परराष्ट्र राज्यमन्त्री अर्जुनजंगबहादुर सिंहले नेपाली कांग्रेसलाई थप सशक्त बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

१४ औं महाधिवेशनमा पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्य पदका उम्मेदवार सिंहले संघीय लोकतान्त्रिक गणतन्त्र, संसदीय व्यवस्थाको रक्षाका लागि कांग्रेस विशाल पार्टी बनाउन आफ्नो पनि महत्वपूर्ण भूमिका रहने भन्दै उम्मेदवारी दिएको बताए । केन्द्रीय सदस्य पदको मनोनयन दर्तापछि सञ्चारकर्मीसँग कुरा नेता सिंहले भने, ‘बीपी विचारलाई आत्मसाथ गर्दै पार्टी र मुलुकको विकासका लागि मैले महत्वपूर्ण भूमिका निर्बाह गरेको छ । अब पनि गरिरहने छु । त्यसका लागि मेरो उम्मेदवारी हो ।’

उनले पार्टीमा निष्ठा, निरन्तरता, इमानदारिता, मूल्य मान्यता जोगाइ राख्न र विकासका लागि राजनीतिको लक्ष्य असफल हुँदैन भन्ने मान्यतालाई स्थापित गर्नको लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार