हो ! आज नेता प्राय छन् लुटेरा र चोर
छानबिन गरी हाल्नु छ दोषीलाई खोर ।अख्तियार, पुलिस अनि अब न्यायालय
सबै उनकै भरौटे छन् कसले गरोस् जोर ?मूर्ति चोरलाई धर्म रक्षक भन्थे हिजो केही
कानुनमाथि थियो राजगद्दीको बागडोर ।चोरको विकल्प हिजोको मूर्ति चोर भनेर
गर्दै छन् मुसाका चल्ला दरबार जाने होड ।आज चोरलाई चोर भन्न पाइन्छ निर्धक्क
लोकतन्त्रले जनताको ऊँचो बनायो स्वर ।विष्णु जोशी
खप्तडछान्ना गाउँपालिका-५ पिठातोला, बझाङ
फेसबुक प्रतिक्रियाहरु