शनिबार, साउन १२, २०८१
  • होमपेज
  • एमालेको नेतृत्व चयनका भीम रावल र केपी ओलीको प्रतिस्पर्धा हुँदै
Breaking News

एमालेको नेतृत्व चयनका भीम रावल र केपी ओलीको प्रतिस्पर्धा हुँदै

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्षका लागि वर्तमान उपाध्यक्ष डा. भीम रावल र अध्यक्ष केपी शर्मा ओली प्रतिस्पर्धामा उत्रेका छन् । निर्वाचन आयोगका अनुसार अध्यक्ष, उपाध्यक्ष र सचिवका साथै ७ वटा क्लस्टरका केन्द्रीय सदस्यहरुका लागि चुनाव भइरहेको छ ।

अध्यक्षमा केपी शर्मा ओली र भीम रावल उम्मेदवार छन् भने ६ उपाध्यक्षका लागि अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र सुवास नेम्वाङ उम्मेदवार छन् ।

त्यस्तै सात सचिवका लागि गोकर्ण विष्ट, छविलाल विश्वकर्मा, टंक कार्की, टोपबहादुर रायमाझी, पद्मा अर्याल, भीम आचार्य, योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट चुनावी मैदानमा छन् । यस्तै केन्द्रीय सदस्यतर्फ खुला ८४ सदस्यका लागि चुनाव हुनेछ । प्रदेश १ को खुला ६ तथा महिला ३ सदस्यका लागि चुनाव हुनेछ । सुदूरपश्चिम प्रदेशको महिला ३ सदस्यका लागि पनि चुनाव हुनेछ । दलित खुला ८, थारु खुला ५ र पिछडिएको क्षेत्र खुला ३ सदस्यका लागि पनि चुनाव भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

उपमहासचिवमा निर्विरोध भएका प्रदीप ज्ञवालीले सर्वसम्मतिको प्रयत्न गर्दा मतदान सुरु गर्न ढिला भएको बताए । अध्यक्षका उम्मेदवार भीम रावल पछाडी हट्न तयार नभएकाले सबैमा सर्वसम्मति हुन नसकेको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार