बझाङ । अगाडितिर गाउँतर्फै धार फर्किएको जडारीगाड । आवतजावत गर्नेहरू गाउँ भएरै हिड्थे । किनमेल गर्न जानेको लर्को । विश्रामस्थल खातीगाउँ । गाउँमा पसलको कमी । यस्तै कारणले प्रेमबहादुर खातीले सुरू गरे ‘हजारे पसल’ । एक हजार रूपैयाँमा दैनिक प्रयोगमा आउने सलाई, साबुनदेखि चकलेट, विस्कुट सुपारीसम्मको पसल । वर्खे भेलले सडक बगाएको मौकामा सुरू गरेको […]