शनिबार, साउन १२, २०८१
  • होमपेज
  • जयपृथ्वीको पालाजस्तै बनोस् गोरखापत्र !
Breaking News

जयपृथ्वीको पालाजस्तै बनोस् गोरखापत्र !

गोरखापत्र प्रकाशन हुनुपूर्व मोतीमण्डली (मोतीराम भट्टसहितको टिम) ले २०५५ सालमा ‘सुधासागर’ पत्रिका प्रकाशनमा ल्यायो । तर, सुधासागरलाई तत्कालिन सरकारले मान्यता दिएन । १९५८ साल तत्कालिन बझाङी राजा जयपृथ्वीबहादुर सिंह २४ वर्षका थिए । त्यसबखतका अध्येता तथा लेखक जयपृथ्वीले राणा प्रधानमन्त्री देवशमशेरलाई पत्रपत्रिकाको महत्व बुझाए र १९५८ साल वैशाख २४ गते सोमबारका दिन गोरखापत्र साप्ताहिक प्रकाशनमा ल्याए ।

देवशमशेरले प्रकाशन समयमा गोरखापत्रको सम्पूर्ण जिम्मेवारी जयपृथ्वीलाई नै दिए । तर, जयपृथ्वीले व्यवस्थापकीय जिम्मेवारी पण्डित नरदेव पाण्डेलाई दिए । दुई वर्षपछि वि.सं १९६० सालमा गोरखापत्रको दोस्रो व्यवस्थापकको जिम्मेवारी जयपृथ्वीले लिए । सिंहको पालामा गोरखापत्रको सम्पादकको रुपमा चिरञ्जीवी शर्मा पौड्याल थिए ।

१२ वर्ष (वि.सं १९७२) सम्म जयपृथ्वी गोरखापत्रमा रहँदा राष्ट्रियता र जनजागरणका मुद्दा पत्रिकाको प्राथमिकतामा रहे । राणाकालको समयमा जनताका मुद्दालाई स्थान दिएको भन्दै तत्कालिन प्रधानमन्त्री चन्द्रशमशेरले हटात् रूपमा गोरखापत्र नै बन्द गराएका थिए । जयपृथ्वी भागेर भारत गए । नेपाली पत्रकारिताको जग बसालेका जयपृथ्वीलाई राणा सरकारले देश निकाला नै ग¥यो । सिंहकै प्रेरणाले नेपाली पत्रकारिता विकास आजसम्म पुगेको हो ।

राणा शासनमा पनि जनताका मुद्दा प्राथमिकतामा राख्ने गोरखापत्र गणतन्त्रपछि पनि सरकारका मुद्दा केन्द्रित नै छ । मुलुकका कुना कन्दराबाट जनताका समस्या, राज्यबाट गर्न छुटेका काम, सीमामा विदेशीका पञ्जा फैलिएको कुरा, विकासको गति लिन नसकेका कुरा, बेथितिका कुरालाई प्राथमिकतामा राख्नुपर्नेमा गोरखापत्र राज्यकै गुणगान गाइरहेको छ ।

स्वतन्त्रता राज्य सञ्चालकदेखि राज्यका हरेक निकायमा पनि हुनुपर्छ । एउटा निकायले कानुनसम्मत नगरेको काम जनतासँगै अर्को निकायले खबरदारी गर्ने र सरकारी पत्रिका गोरखापत्रले जनतालाई यथार्थ सम्प्रेषण गर्नुपथ्र्यो । तर, राणा शासनमा पनि पीडितका मुद्दा, अशिक्षा, गरिबी, बेरोजगारी, सरकारको अकर्मण्यतालाई प्रकाशन गर्ने गोरखापत्रले अहिले सरकारको बेथितिलाई पनि ढाकछोपमा उत्रनुलाई सुखद मानिदैन । त्यसैले स्थापना दिवसकै दिनदेखि गोरखापत्र जनता केन्द्रित बनोस्, शुभकामना ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार