बझाङ । बुधबार बिहानै खप्तडछान्ना गाउँपालिकाका राजेश कार्की हातमा एक पाकेट नुन बोकेर हिड्दै गरेका भेटिए । उनको हातमा साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले सहुलियतमा वितरण गरेको भानु नुन थियो । बजारमा कार्कीलाई चिनजानका सर्वसाधारणले बिहानै नुन कता पाइयो भनेर प्रश्नसमेत गरिरहेका थिए । कार्कीको जवाफ थियो, ‘पसल खुला हुनुपर्छ, जता पनि पाइन्छ ।’ कार्कीलाई सदरमुकाम […]