बुधबार, फाल्गुन ७, २०८१
  • होमपेज
  • ‘रोज डे’ मा ‘रोजगार दे’ को नारा
Breaking News

‘रोज डे’ मा ‘रोजगार दे’ को नारा

‘रोज डे’ मा ‘रोजगार दे’ को नारा
भ्यालेन्टाइन सप्ताहमा, पहिलो दिन रोज डे
रोज गार्डेन चाहिन्न सरकार रोजगार दे !
हे पागलप्रेमी,
रोजभन्दा अघि खोज रोजगार
बेरोजगार भए हर रोज बेकार !
रोज टिप्न, नाघ्यौ कसैको बारीको पर्खाल
चकलेट डेमा फोर्ने हो क-कसको पसल ?
छन् गेडी सबै मेरी, छैनन् गेडी सबै टेढी
सापट दिन को मित्र आफन्त होलान् रेडी ?
हात नआएपछि नभन्नु है अमिला बयर
गेडी नभै कसरी किन्ने टेड्डी बेयर ?
हे पागलप्रेमी,
रोजभन्दा अघि खोज रोजगार
बेरोजगार भए हर रोज बेकार !
रोजगार भए रोज, अनि प्रपोज, अनि किस
प्रपोज गरे पूरा होला भ्यालेन्टाइनको प्रमिस !
हे पागलप्रेमी !
रोजभन्दा अघि खोज रोजगार
बेरोजगार भए हर रोज बेकार !

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार