सोमवार, माघ १४, २०८१
  • होमपेज
  • पत्रकार गणेश धामीमाथि ज्यान मार्ने धम्कीप्रति श्रमजीवी-पत्रकार संघद्वारा घोर भर्त्सना, कारबाहीको माग
समाचार

पत्रकार गणेश धामीमाथि ज्यान मार्ने धम्कीप्रति श्रमजीवी-पत्रकार संघद्वारा घोर भर्त्सना, कारबाहीको माग

बझाङ । बझाङको केदारस्यूँ गाउँपालिकाको झोता बजारमा भएको पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साइपाल एफएमबाट समाचार सम्प्रेषणको क्रममा खटेका पत्रकार गणेश धामीमाथि ज्यान मार्ने धम्की आएको घटनाप्रति श्रमजीवी-पत्रकार संघ जिल्ला समिति बझाङले गम्भीर ध्यानाकर्षण भएको भन्दै घटनाको निन्दा गरेको छ ।

संघका अध्यक्ष भूमिराज पिठातोलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, पत्रकारलाई ज्यान मार्ने धम्की दिएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी मात्रै नभएर अपराधिक कार्य हो । यसरी समाचार सम्प्रेषणका क्रममा पत्रकारलाई गरिएको धम्कीको श्रमजीवी–पत्रकार संघ, जिल्ला समिति बझाङ घोर भर्त्सना गर्दछ । पत्रकार धामीलाई दिइएको यो धम्कीले भौतिक सुरक्षामै चुनौती देखिएकोले निजको सुरक्षाको प्रबन्धन गर्न, धाक धम्की दिनेलाई तत्कालै कानुनी कारबाहीको दायरामा ल्याउन तथा स्वतन्त्रतापूर्वक पत्रकारिता गर्ने वातावरण तयार गर्न सरकार र स्थानीय प्रशासनसँग माग गरेको छ ।

विज्ञप्तिमा यस्ता घटनाले स्वतन्त्र पत्रकारितामा बाधा पुग्नुका साथै सञ्चारकर्मीहरुको सरक्षामा गम्भीर चुनौती खडा गरेको छ । संघले दोषीलाई तुरुन्त कानुनी कारबाही गर्न र सञ्चारकर्मीको सुरक्षा निकाय, र नागरिक समाजलाई पत्रकारिताको स्वतन्त्रता र मर्यादा कायम राख्न सहयोग गर्न अग्रह गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार