आइतवार, अशोज २७, २०८१
  • होमपेज
  • दैवी प्रकोप : दैवलाई मात्र के आरोप ?
Breaking News

दैवी प्रकोप : दैवलाई मात्र के आरोप ?

डुबेकाहरूका हातै नपुग्ने...

दैवी प्रकोप ! दैवलाई मात्र के आरोप ? प्रकृति छ महान
केही भाग्यले भासियौँ यहाँ त केही कर्मले पर्यौं डुबान

पहाड पहिरो, वर्षा भारी बने खेतबारी अब आहाल गहिरो
बालुवा झिकेका फाँट, जग्गा मिचेका घाट, बनेछ चिहान

हामी खोलामा गयौँ कि खोला हामी कहाँ आए खै कुन्नि ?
जहाँ राख्यौँ गुजाराको सामान, त्यहीँ भेट्न आयो दोभान

भान्सा हाम्रो भासियो, अनि साँवलको मूल्य आकासियो
डुबेकाहरूका हातै नपुग्ने कति उँचा भएछन् यहाँ दोकान ?

बगे निरीह जनता गर्दै गुहार, गहिरो नीदमा डुबेको सरकार
न तैयारी विपद्को, न तत्परता, आँखा बन्द छ सुन्दैन कान !

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार