आइतवार, अशोज २७, २०८१
  • होमपेज
  • गजल : ‘भुईँमान्छेका विपद् ज्यूँका त्यूँ’
समाचार

गजल : ‘भुईँमान्छेका विपद् ज्यूँका त्यूँ’

तराईमा बाढी र पहाडमा पहिरो
नेपालको जलवायु संकट गहिरो

भुईँ मान्छेका विपद् ज्यू का त्यू
अन्धसमर्थकका आफ्नै नेता हिरो !

सामाजिक समस्या देख्ने नेता छैन
संजालमा छ समाधानको ओइरो !

विपद् सामनार्थ खै योजना तर्जुमा ?
भाषणबाजीमा सबको बोली पिरो !

उच्च पदासीन आसेपासेलाई मिठो
जनतालाई अमिलो सत्ताको बिमिरो !

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार