उफ ! जानी जानी अलपत्र भूमरिमा पर्छौँ यहाँ
आफू हराई आफैँलाई खोजी हिड्छौँ यहाँ
आजाद सोचको चिरफार गर्दै, दावी गर्दै
भित्रभित्रै दाम्लोतिरै सिमोटिन्छौँ यहाँ ।
के छ र रौनक र मच्चिन्छौँ यसरी
अहंताको रोगले फुलेका छौँ यहाँ
समसान वितृष्णा, विवशता, वियोगता
ओइलाउँदै र सुक्दै पिरोलिन्छौँ यहाँ
नाटक मञ्चन गर्न पात्रिएका, ठड्याइएका
क्षणिक रोलमा तीता मीठा कर्म थाप्छौँ यहाँ
खै कुन र केको रिले दौडका प्रतिष्पर्धी हामी
सिकन्दरका चेला विश्व जित्छौँ यहाँ
हाम्रो मगजले जसलाई जति माथि देख्छ
हाम्रा ईश्वर,
पाक्दै, सड्दै, गन्हाँदै बग्छन् भित्र भित्रै यहाँ
यसो हेर्दा पागल वस्ती, अञ्जानबासी
युगौँदेखि युगौँसम्म लावारिस यहाँ ।
फेसबुक प्रतिक्रियाहरु