दशैंमा घर जाने अहिले चटारो छ । सार्वजनिक यातायातमा अहिले दशैं मान्न घर जानेहरुको भिड थेगिनसक्नु हुन्छ । यस्तोमा बसमा यात्रा गर्ने कतिपयलाई बान्ता हुने गर्दछ । प्रायजसो लामो दुरीको यात्रा गर्दा बान्ता हुने गर्दछ ।
कसैलाई यात्रामा निस्कन साथ बान्ता हुन्छ भने कसैमा लामो यात्रा गर्दा यो समस्या देखा पर्दछ । यात्रा गर्ने क्रममा बान्ता हुनु एक कष्टकर क्षण हो । यसले शरीर कमजोर बनाउने मात्र होइन यात्रा नै नरमाइलो हुन्छ ।
बान्ता हुनुअघि देखा पर्ने लक्षण :
– मुखमा पानी आउनु
– वाकवाकी लाग्नु
– टाउको दुख्नु
– छटपटि हुनुु
– पेट बाउडिने आदि
बान्ता हुनबाट बच्न के गर्ने ?
– मास्कको प्रयोग गर्ने ।
– यात्रामा अनिवार्य खाना खाने ।
– टाढाको दृश्य हेर्ने ।
– चिल्लो कम भएको खानेकुरा खाने ।
– दुग्धजन्य पदार्थ, गुलियो, कोक नखाने ।
बान्ता रोक्ने घरेलु उपाय
क) ल्वाङ
यात्रा गर्ने क्रममा ल्वाङ मुखमा राखेर चुस्नाले वाकवाकी र बान्ता हुदैन ।
ख) अदुवा
यात्रा गर्नुअघि अदुवा मिसाएको चिया खाएर यात्रा गरे बान्ता हुदैँन । साथै यात्रामा अदुवाको टुक्रका मुखमा राखेर चपाउँदा पनि बान्त हुदैँन ।
ग) धनिया
धनियाको केहि दाना मुखमा राखेर चपाउनाले पनि वाकवाकी लाग्दैन ।
घ) जामुन
जामुनको पात वा फलमा बान्ता रोक्ने औषधीय गुण हुन्छ त्यसैले जामुनको रस निकालेर पिउँदा पनि बान्ता हुदैन ।
-यात्रा गर्नु पुर्व धेरै चिल्लो खाना,धुम्रपान तथा मध्यपान नगर्ने
-हवाइजहाजको पखेटानेरको सिटमा बस्ने, गाडिको अगाडिको सिटमा बस्ने, पानीजहाजको तलको मध्यभागमा बस्ने
-सकेसम्म यात्रा गरिरहेको दिशाभन्दा फरक दिशामा फर्केर नबस्ने
-मिलेसम्म झ्याल खोलेर बाहिरको चिसो हावा ग्रहण गर्ने
-वान्तासम्बन्धी कुनै पनि कुरा नगर्ने र कुनै अरूले गरे पनि ध्यान नदिने
-यदि अन्य यात्रुलाइ वान्ता भइरहेको छ भने सकेसम्म टाढा बस्ने
-यात्रा गर्दा पत्रपत्रिका तथा किताबहरू नपढ्ने,आँखा बन्द गर्ने अथवा कुनै टाढाको निश्चित बिन्दुमा हेर्ने
-गीत सुन्ने, केहि खाने, गफ गर्ने गरेर आफ्नो ध्यान अन्यत्र लैजान कोशिश गर्ने
-यात्रा गर्नु अघि तितेपातीको चिया अथवा केहि तितेपाती को रस खाने, स्याउको जुस पिउने, पुदिनाको चिया अथवा पुदिनाको पात खाने अदुवाको चिया अथवा अदुवा खाने, तथा कागती खाने
-स्वास्थ्यकर्मीको सल्लाह बमोजिङ मात्र यात्रा गर्दा प्रोमिथाजिन, सक्लिजिन, डिफिन्हाड्रइन जस्ता औषधि सेवन गर्ने
फेसबुक प्रतिक्रियाहरु