जसुई ठौरको पन उइलैबटीको चलिआयाको (इतिहास) माइसको बानीबेहोरा (सभ्यता) को सम्पत्तिमध्य हामुले बोल्न्या भाषा पन एक हो । भन्याँ उखानै छइन, भाषा हराया लिपि हराँदो, लिपि हराया जाति हराँदो, जाति हराया इतिहास हराँदो, इतिहासै हराया माइस आफूई हराँदो । त्यसाइले जसुई देशको पन भाषाले संस्कृति रे पहिचान बचायाका हुँदा छन् । हामुले पन हाम्रा बझाङको भाषा मास्सिन लाग्यो, यइखी बँचाईराख्नु पण्यो भनीबन्ट तेस्रो ध्रुव साप्ताहिक पत्रिकाले सधाँई एक कोलम छुट्यायाको छ । यई कोलममी आफ्ना ठौर बोल्न्या भाषामा कुणा अर्दाछौं । हाउरा जिल्लामा एक भाषा भया पन उपभाषिका भन्या मस्तै छन् । त्यसाईले आफ्ना ठौर बोल्न्या भाषा राखीराख्नु पण्दो छ भनी आज हामुले कृषि विकास बैंक चैनपुर बझाङका व्यवसाय सहायक महेशबहादुर बिष्टसात कुणा अर्याका छौं ।
लोकसेवा पण्नाखी दुख्ख कत्तिको अर्नु पण्दो छ ?
– दुःख/संघर्ष नगरीबटी त केही काममा लै सम्भव हुन नैसकिनो । लोकसेवा पड्डाकीलाई दुःख भन्ना पनि मिहेनत रे लगनशील चाइनो छ । दुःख गरेपछि सुख पनि पाइनो छ । पड्डे विद्यार्थीकी रूप्याँको लै समस्या हुन नाइ हुनुपण्यो । घरकालेलै सहयोग नाइ ग¥या रे आफूलै लगनशील नभया दुःख धेरै हुनो छ ।
दिनमा कति पण्या नाउ निकाल्दा छन् ?
– सबुईको आफ्नो आफ्नो मेहनतमी भर पड्डो छ । यति घण्टा पडेर पास भइने हो भन्न नाइसकिनो । कसैले दिनमा ५/६ घण्टा पणेर लै नाम निकाल्याका छन् । कसैले दिनमी १०/१२ घण्टा पणेर पन नाम निकाल्न नाइ सक्दा । सबुईको आफ्नो पडाइमा भर पणन्छ । जति मस्त पण्या उति जानिन्या हो । कम पड्या छिटो बिर्सन्छ लै । पड्डाकीलाई छुट्टै आफ्नो नोट कपी बनाया झन् राम्रो हुनोछ ।
लिखितमी नाउँ आयापछि मौखिकमी पाइ केही हुँदाइन ? आफ्नु माइस चाँइदो भन्दा छन् न कसो हो ?
– मु भन्या यो कुडामा त्यति विश्वास नाइ गद्दो । लिखितमा नाम निकाले पाछा मौखिकमा आफ्नो मान्छे चाहिन्या । फलानो मान्छेलाई भन्नु पड्डो छ, नत्र नाम नाई आउनो भन्ने बजार हल्ला त छ । तर, मेरो विचार भन्या लिखितमी बडी नम्बर आया छ भन्या कसैलाई नभन्या लै नाम आउँछ । हरेक वर्ष लोकसेवा आयोगबाट धेरै संख्यामा गरिब, केही पनि पहुँच नभएका मान्छेले जागिर खाएकै हुना छन् । सार्वजनिक संस्थान, सुरक्षा निकायतिरको लिखितपछिको मौखिक परीक्षा पन लोकसेवा आयोगले लिया अझ राउणो हुन्याथो भन्न्या मेरो बुझाई छ ।
लोकसेवाका किताब मात्तै रट्ना हुन् कि अरू पन पण्नु पणन्छ ?
– लोकसेवा आयोगले लिन्या सप्पै जाँच (परीक्षा) को आफ्नो आफ्नुई छुट्टै पाठ्यक्रम हुनो छ । त्यसाई पाठ्यक्रमअनुसारका किताबहरू बजारबाट किनेलै आफूले सकेजति अलग्गै नोट बनाया झिक्कै निको हुन्या हो । किताबका अलावा इन्टरनेट भयालै राम्रो सहयोग पुगन्छ । इन्टरनेटबाटी थप कुडा पड्न लै सकिँदो ।
जति पण्या पन कन्ठ हुँदोइन भन्दा छन् त ? कसोरी हो कन्ठ अर्नु ?
– कन्ठ अर्ने, पण्ने सबै आफ्नै तरिका हुनो छ । कसैलाई एक घण्टामा याद हुन्छ । कसैलाई त्यही कुरा २ घण्टा पनि लाग्दो छ । केइ पन कुणा लामो समयसम्म सम्झिनागीलाई लेखेर पड्डे गरे लामो समयसम्म याद रहनो छ । जति लेख्यो त्यति याद हुन्या त हो । कोइ कोई चित्र बनाया जसरीलै पड्डा भन्छन् । त्यसरी पण्या झन् छटाँई बुझिन्या हो ।
इन्टरनेटबाट कसोरी पड्न सकिँदो छ ?
– अहिलेको समय इन्टरनेट बिनाको पडाई त अधुरो जसै हुनो छ । सबै कुडाको जान्नाई इन्टरनेटको सहायता थाहा पाइनो छ । इन्टरनेटको पढाईका लागि एकदमै आवश्यक भयाको छ । दिनका दिन नयाँ नयाँ कुडालै जान्नुपड्यो । दिनका दिन नयाँ कुणा किताबमी ता हुँनानै । त्यसैका लागि लै इन्टरनेट चाहिन्छ ।
सर (शिक्षक) सात पड्दा राउणो कि घरै आफूईले पड्दा राउणो ?
– लोकसेवा पड्नाकीलाई सकेसम्म एकपटक लोकसेवा कक्षा लिएको राम्रो हुन्छ । त्यस्ता कक्षाहरूबाट कसोरी पण्ने, कसोरी लेख्ने, काँबाट सजिलो हुनोछ ? कई कई कुडामा ध्यान दिनेजसा कुडा छोटो समयमी थाहा पाउन सकिनो छ । कक्षा नलिएर पास हुन नाइसकिनो भन्ने नाई हो । कक्षा नलिएर पनि घरमै अध्ययन गरेर पास भएका उदाहरणलै मस्तै छन् । त्यसाकीलाई आफूले घरमा राम्रो पढ्ने वातावरण बनाउन सक्दो पड्यो ।
लोकसेवा पड्दो भनी आउन्या बालाखी नाप केइ सल्लाह दिहेल पन ।
– लोकसेवा पड्छु, लोकसेवा पडेर कसरी नाम निकाल्छु भनीबटी आफूले एक लक्ष्य लिनु पड्यो । अनि घर परिवारको साथ बिना लोकसेवा पड्नाखी गाह्रो छ । आर्थिक अभाव उत्तिकै हुँनो छ । इष्टमित्र, जाने बुझेका आफन्त, सरहरूसँग सल्लाह लिई अगाडि बड्डो झन् राम्रो हुनो छ । आफूले पनि म यति वर्षसम्म तयारी गर्छु र जसरी लै नाम निकाल्छु भन्ने संकल्प लिनुपड्यो ।
फेसबुक प्रतिक्रियाहरु