बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९ मत
Breaking News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ विपक्षमा ८९ मत

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत पाएका छन् । सोमबार प्रधानमन्त्रीले आफूलाई प्रतिनिधिसभाको विश्वास छ भनी राखेको प्रस्तावको पक्षमा १७२ सांसदले समर्थन जनाए ।

८९ सांसदले उक्त प्रस्तावको विपक्षमा मत दिए । १ जनाले मत दिएनन् । मतदानमा २६२ सांसदले भाग लिएका थिए ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीलाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाका सांसद र स्वतन्त्र सांसदहरु प्रभु साह, अमरेशकुमार सिंहलगायतले विश्वासको मत दिए ।

नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टीका सांसदले प्रधानमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गरे ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार