शनिबार, पुस ६, २०८१
Breaking News

खुकुरी होइन, कलम समाऊ !

प्यारा विद्यार्थी एउटा अर्ति सुनाऊँ ?
खुकुरी हैन हातमा अब कलम समाऊ !
पढी, लेखी ज्ञानी बन, राम्रो नाम कमाऊ !
कति शान्त छ नेपाल सबैलाई देखाऊ ।

मेहनती माहुरी बन, दुई दिने चोलामा
हात नहाल खोक्रा अरिङ्गालका गोलामा
न बगाऊ सुनौलो भविष्य आँधी खोलामा
पार्टीका पर्चा हैन किताब बोक झोलामा !

झन्डा हैन अब कपी-किताब थमाऊ
खुकुरी हैन हातमा अब कलम समाऊ !
झन्डा त के हिजो बन्दुक नै उठाएका !
तिम्राभन्दा अझै चर्का नारा लगाएका !

कलेज छाडी हडतालको पछि धाएका
परदेशमा छन् अतीत सम्झी पछुताएका
प्यारा विद्यार्थी एउटा अर्ति सुनाऊँ ?
खुकुरी हैन हातमा अब कलम समाऊ !

उही तिम्रो परदेशी दाजु
विष्णुप्रसाद जोशी

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार