बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • माओवादी घटकहरूले संयुक्त पत्रकार सम्मेलन गर्ने
Breaking News

माओवादी घटकहरूले संयुक्त पत्रकार सम्मेलन गर्ने

काठमाडौँ । बालुवाटारमा आज बिहान बसेको माओवादी घटकहरूको बैठक सकिएको छ । दुई/चारदिन भित्रै संयुक्त पत्रकार सम्मेलन गर्ने निर्णय बैठकले गरेको माओवादी केन्द्रले जनाएको छ । साथै बैठकले द्वन्द्वकालीन मुद्दासँग सम्बन्धित व्यक्तिसँग अन्तर्किया गर्ने निर्णय पनि गरेको छ ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, नेत्रविक्रम चन्द विप्लव, कृष्णबहादुर महरा, खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजित बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत नेता सहभागी भएका थिए । सर्वाेच्च अदालतमा यही फागुन २३ मा दर्ता द्वन्द्वकालीन दुईवटा मुद्दाले माओवादी धारका पार्टीलाई एकै ठाउँमा उभ्याएको हो ।

नेकपा माओवादी केन्द्र, नेपाल समाजवादी पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेकपा बहुमत, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा माओवादी समाजवादी र माओवादी कम्युनिस्ट पार्टीले कार्यगत एकता गर्ने निर्णय यसअघि नै गरिसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार