सुर्खेत । नेकपा एमालेका सचिव योगेश भट्टराईले चुनावी गठबन्धन एमालेको कारण नभएर आफ्नै कारणले टुटेको बताएका छन् । प्रचण्डले खोज्दै आएपछि एमालेले प्रधानमन्त्री बनाउन सहयोग गरेको उनले बताए । एमाले–माओवादीबीच एक खालको सहमति भएर प्रचण्डले नै राष्ट्रपति दिन सहमति भएको भट्टराईले बताए । उनले भने, ‘उहाँ आफैले राष्ट्रपति लिनुस् भनेर दिन आएकाले कुरा अहिले पनि राष्ट्रपति एमालेकै हुन्छ।’ उनले वर्तमान गठबन्धनमा एमालेकै व्यक्ति राष्ट्रपतिको साझा उम्मेदवार हुने दावी गरे ।
शनिबार वीरेन्द्रनगरमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहमतिकै आधारमा अघि बढ्ने बताए । पार्टी सन्दर्भमा बोल्दै भट्टराईले एमाले पार्टीलाई बलियो बनाउनु र एमालेलाई जमिनतिर फर्काउनु लागिरहेको बताए। त्यही उद्देश्यसहित अबको दुई महिना पार्टीको ठुलो पंति ग्रासरुटमा खटिएको छ।
फेसबुक प्रतिक्रियाहरु