शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • बझाङ ५१ दशमलव ८८ प्रतिशत मत खस्यो
Breaking News

बझाङ ५१ दशमलव ८८ प्रतिशत मत खस्यो

बझाङ । बझाङ जिल्लाभर ६३ हजार ४८९ मत खसेको जिल्ला निर्वाचन कार्यालय बझाङले जनाएको छ ।

जयपृथ्वीमा १४५२३ मतदाता रहेकोमा ७८८३ मत ५४ प्रतिशत खसेको छ । तल्कोट गाउँपालिकामा ७ ६०८ मतदाता रहेकोमा ४४१७ मत खसेको छ । मष्टा गाउँपालिकामा ९१०६ मतदाता रहेकोमा ४८३८ मत खसेको हो जुन ५३ प्रतिशत हो ।खप्तडछान्ना गाउँपालिकामा १११९० मतदाता रहेकोमा ५१०३ मत खसेको छ । सुर्मा गाउँपालिकामा ५४०४ मतदाता रहेकोमा ३२८८ मत ६१ मत खसेको छ ।

थलारा गाउँपालिकामा ५३४० मत खसेको छ ।छबिसपाथिभेरा गाउँपालिकामा १०३७७ मतदाता रहेकोमा ५३८५ मत खसेको छ ।साइपाल गाउँपालिकामा १४६५ मतदाता संख्या रहेकोमा ११४४ मत खसेको छ । वित्थडचिर गाउँपालिकामा १०८७२ मतदाता रहेकोमा ५९४७ मत खसेको छ ।दुर्गाथली गाउँपालिकामा ९हजार ८८ मतदाता रहेकोमा ४ हजार ९८ मत खसेको छ ।केदारस्युँ गाउँपालिकामा १२ हजार १०७ मतदाता रहेकोमा ६ हजार ३५ मत खसेको छ ।बुंगल नगरपालिकामा १९ हजार ३७९ मतदाता रहेकोमा १० हजार ११ मत खसेको छ ।

बझाङको प्रदेश (क) का लागि ६११६९ मतदाता रहेकोमा ३२ हजार ८ सय ३३ मत खसेको छ । जुन ५३ दशमलव ६८ प्रतिशत हो ।बझाङको प्रदेशसभा (ख) का लागि ६१ हजार २०७ मतदाता रहेकोमा ३० हजार ६५६ मत खसेको छ । जुन ५२ प्रतिशत हो। प्रतिनिधिसभाका लागि बझाङमा १ लाख २२ हजार ३७६ मतदाता रहेकोमा ६३ हजार ४ सय ८९ मत खसेको छ । जुन ५१ दशमलव ८८ प्रतिशत हुन आउँछ ।

बझाङमा सबैभन्दा विकट मानिएको साइपाल गाउँपालिकाका मतपेटिका हेलिकप्टर मार्फत सदरमुकाम चैनपुरस्थित मतगणनास्थल जिल्ला अदालत बझाङमा ल्याइएपछी मात्रै मतगणना थालिने जिल्ला निर्वाचन कार्यालय प्रमुख विमलप्रसाद गौतमले बताए।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार