सोमवार, अशोज २८, २०८१
  • होमपेज
  • गोकुलेश्वर पुलमा राखिएको प्रेसर कुकरमा माटोमात्रै भएको प्रहरीको भनाइ
समाचार

गोकुलेश्वर पुलमा राखिएको प्रेसर कुकरमा माटोमात्रै भएको प्रहरीको भनाइ

दार्चुला । दार्चुला र बैतडीको सीमा क्षेत्रमा पर्ने चौलानी नदी माथिको गोकुलेश्वर पुलमा राखिएको प्रेसर कुकरमा माटोमात्रै भएको बताइएको छ। इलाका प्रहरी कार्यालय गोकुलेश्वरले सो प्रेसर कुकरमा बम नभएर माटो भरेर राखेको जनाएको छ।

इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख विरेन्द्र थापाका अनुसार अहिले त्यो कुकर हटाएर सवारी सञ्चालनमा ल्याइएको छ। यस्तै जिल्लाको अवस्था सामान्य रहेको उनको दाबी छ। यसअघि शनिबार बिहानै ३ बजेदेखि पुलमा बम राखिएको भनिएको थियो। त्यसपछि त्यहाँ नेपाली सेनाको टोली समेत पुगेको थियो। सेनाले उक्त प्रेसर कुकर पुलबाट निकालेका थिए। यस्तै उक्त कुकर राखिएपछि रातिबाट सवारी बन्द रहेका थिए। प्रेसर कुकर हटाएसँगै सवारी सञ्चालनमा आएको प्रहरीले जनााएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार