शनिबार, साउन १२, २०८१
  • होमपेज
  • चुनावको मुख्य दिन भोलि देशका धेरैजसो ठाउँको मौसम सफा रहने
Breaking News

चुनावको मुख्य दिन भोलि देशका धेरैजसो ठाउँको मौसम सफा रहने

काठमाडौं । चुनावको मुख्य दिन भोलि देशका धेरैजसो ठाउँको मौसम सफा रहने अनुमान छ । मौसम पूर्वानूमान महाशाखाका अनुसार आज, भोलि र पर्सिसम्म नै मौसम सामान्यतया सफा नै रहनेछ । धेरै ठाउँमा घाम लाग्नेछ।उच्च हिमाली एक/दुई ठाउँ बाहेक देशभरको मौसम सफा नै रहने महाशाखाका मौसमविद् विनु महर्जनले बताए।

मतदानको दिन भोलि प्रदेश एक, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहे पनि पानी पर्ने तथा उच्च हिमपातको सम्भावना देखिएको छैन।आज पनि प्रदेश एक, कर्णाली र गण्डकी प्रदेशको पहाडी तथा हिमाली केही क्षेत्रमा मौसम सामान्य बदली रहेको छ । प्रदेश एक र गण्डकीका हिमाली एक/दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । आज राति पनि मौसम यस्तै रहनेछ । अहिले पश्चिमी वायुको सामान्य प्रभाव छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार