शुक्रबार, अशोज ४, २०८१
समाचार

देशभर चिसो बढ्यो

काठमाडौं । देशभर चिसो बढेको छ । पश्चिमी वायु सक्रिय भएसँगै चिसो बढेको हो । काठमाण्डौसहित तराईका जिल्लामा बिहान हुस्सु कुहिरो लाग्न थालेको छ ।

हिजोभन्दा आज काठमाडौंको न्यूनतम तापक्रम घटेको छ । हिजो ११ दशमलव ४ डिग्री सेल्सियस रहेको काठमाडौंको न्यूनतम तापक्रम आज ११ डिग्री सेल्सियसमा झरेको छ । न्यूनतम तापक्रमसँगै अधिकतम तापक्रम पनि घट्न थालेकाले देशभर नै चिसो बढेको छ ।पश्चिमी वायु सक्रिय रहेकाले नै आज उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताए । उनका अनुसार आज बाग्मती, गण्डकी र प्रदेश १ का पहाडी क्षेत्रका केही ठाउँमा हल्का वर्षाको अनुमान गरिएको छ ।

उनले प्रदेश १ र गण्डकी प्रदेशका पहाडी क्षेत्रका एकरदुई ठाउँमा हल्का वर्षा र हिमाली जिल्लामा हल्का हिमपात हुने सम्भावना रहेको बताए। हिमपातको सम्भावना रहेकाले पर्वतारोहण र पदयात्रामा जाँदा विशेष सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार