शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • असोज ३ गते सर्वोच्च फर्कदै प्रधानन्यायाधीश जबरा
Breaking News

असोज ३ गते सर्वोच्च फर्कदै प्रधानन्यायाधीश जबरा

काठमाडौं, ३१ भदौ । निलम्बनमा परेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा आगामी असोज ३ गते सर्वोच्च अदालत जाने भएका छन् । महाभियोग सिफारिश समितिले बयान लिने काम सकेको छ । आज (शुक्रबार) जबरासँग समितिले पूरक प्रश्न सोधेको थियो । जबराले भने समितिमै आफूमाथिको महाभियोगको कुनै औचित्य नै नरहेको जवाफ दिएका थिए ।

आज मध्यरातिबाट संसद्को कार्यकाल समाप्त हुँदैछ । संसद्को कार्यकाल समाप्त भएसँगै जबरामाथिको महाभियोग स्वतः निश्क्रिय हुने चर्चा चलिरहेको बेला जबरा भने असोज ३ गते सर्वोच्च अदालत फर्किने तयारी गरेका छन् । यता एमाले सांसद कृष्णभक्त पोखरेलले अहिलेको संसद्ले लगाएको महाभियोग प्रस्ताव अर्को संसद्मा नजाने बताएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव संसदले नभइ केही सांसदले ल्याएकाले अर्को संसद्मा नसर्ने उनको तर्क छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार