बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • पर्यटन मन्त्रालयका उपसचिव नेपाल ६ लाख घुससहित रंगेहात पक्राउ
Breaking News

पर्यटन मन्त्रालयका उपसचिव नेपाल ६ लाख घुससहित रंगेहात पक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुस सहित रंगेहात पक्राउ गरेको छ ।

अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार ६ लाख घुससहित नेपाल पक्राउ परेका हुन् । उनलाई नक्साल नागपोखरीको एक होटलबाट रंगेहात पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

पर्यटन व्यवसाय दर्ताका लागि घुस मागेको आरोपमा उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीपछि अख्तियारको टोलीले उनलाई घुस सहित पक्राउ गरेको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार