बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विद्युतीय मतदान यन्त्रको व्यवस्था गरिदिन सरकारलाई आग्रह
समाचार

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विद्युतीय मतदान यन्त्रको व्यवस्था गरिदिन सरकारलाई आग्रह

 

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विद्युतीय मतदान यन्त्रको व्यवस्था गरिदिन सरकारलाई आग्रह गरेको छ ।आयोगले दुईवटा विकल्प अघि सार्दै कम्तीमा काठमाडौं उपत्यकाभर भए पनि विद्युतीय मतदान यन्त्रबाट मतदान हुने व्यवस्था गराइदिन गृह मन्त्रालयमा पत्राचार गरेको हो ।आयोगले विद्युतीय मतदान यन्त्रको प्रयोग र व्यवस्थापनका विषयमा अध्ययन गर्न गठित समितिको प्रतिवेदन गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद्मा पठाएको बिहीबार विज्ञप्तिमार्फत जानकारी दिएको छ । स्वदेशमा निर्मित विद्युतीय मतदान यन्त्र (ईभीएम) तत्काल व्यवस्थापन हुन नसके २०७९ साउन मसान्तसम्ममा अन्य देशमा निर्मित ईभीएम प्रबन्ध गरिदिन लेखी पठाएको आयोगले बताएको छ ।

निर्वाचन आयोगले पठाएको पत्रमा दुईवटा विकल्प उल्लेख छ । आयोगले कि नेपालमै उत्पादित विद्युतीय मतदान यन्त्रको गुणस्तर विश्वसनीयता प्रमाणीकरण गरिदिन भनेको छ । नभए अन्य मुलुकमा निर्मित विद्युतीय मतदान यन्त्र किनेर निर्वाचन आयोगलाई साउनभित्र उपलब्ध गराइदिन भनेको छ । निर्वाचन आयोगले आगामी कात्तिकको अन्तिम साता प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको अनौपचारिक तयारी गरेको छ ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार