बिहिबार, अशोज ३, २०८१
Breaking News

नेपाल आमाको पुकार…

गर्छिन् नेपाल आमा, आज युवालाई गुहार
सदनसम्म पुगोस् , अब सडकको चित्कार
कति दोहोर्‍याउने उही गल्ती बारम्बार ?
बालेन, हर्क, रविहरूको साझा पुकार…
सिंहहरू प्रवेश गरुन् अब सिंहदरबार !

धेरै बिके मिथ्या आश्वासन र भ्रमको व्यापार
जनता जागे अब को सुन्छ अब झुटा प्रचार ?
नवयुगको सपना, नयाँ पुस्ताले गर्छ साकार
बालेन, हर्क, रविहरूको साझा पुकार…
सिंहहरू प्रवेश गरुन् अब सिंहदरबार !

संघीय चुनावमा अब नवीन चयन
वृद्ध नेतालाई नमन, युवालाई सदन !
ओली, देउवा र प्रचण्ड प्रवृत्तिको हार !
बालेन, हर्क, रविहरूको साझा पुकार..
सिंहहरू प्रवेश गरुन् अब सिंहदरबार !

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार