सोमवार, अशोज २८, २०८१
  • होमपेज
  • युक्रेन र स्कटल्यान्डबीचको प्ले अफ सेमिफाइनल खेल जुन एक तारिखमा हुने
Breaking News

युक्रेन र स्कटल्यान्डबीचको प्ले अफ सेमिफाइनल खेल जुन एक तारिखमा हुने

फिफा विश्व कप छनोट अन्तर्गत युक्रेन र स्कटल्यान्डबीचको प्ले अफ सेमिफाइनल खेल आउँदो जुन एक तारिखमा हुने भएको छ । युक्रेन र स्कटल्यान्डबीचको स्थगित खेल जुन एकमा हुने तय भएको हो । यसअघि युक्रेन र स्कटल्यान्डबीचको यो खेल मार्च २४ तारिखमा हुने तालिका थियो । तर, युक्रेनको आग्रहपछि खेल स्थगित गरिएको हो  ।

रुसले युक्रेनमाथि आक्रमण सुरु गरेपछि युक्रेनले खेल स्थगित गर्न आग्रह गरेको थियो । यस खेलको विजेताले वेल्ससँग जुन ४ तारिखमा खेल्ने तालिका छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार