शनिबार, साउन १२, २०८१
  • होमपेज
  • घरेलु मैदानमा जिम्बाब्वे ‘ए’ सँग नेपालले खेल्ने एकदिवसीय र टी–२० क्रिकेट शृङ्खलाको तालिका सार्वजनिक
Breaking News

घरेलु मैदानमा जिम्बाब्वे ‘ए’ सँग नेपालले खेल्ने एकदिवसीय र टी–२० क्रिकेट शृङ्खलाको तालिका सार्वजनिक

 

नेपालले घरेलु मैदानमा जिम्बाब्वे ‘ए’ सँग खेल्ने एकदिवसीय र टी–२० क्रिकेट शृङ्खलाको तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघले शुक्रबार दिएको जानकारीअनुसार त्रिवि क्रिकेट मैदानमा ३० अप्रिलदेखि ९ मे (वैशाख १७ देखि २६ गतेसम्म) दुई टोलीबीच दुई शृंखला आयोजना हुनेछ ।

यस्तै दोस्रो एकदिवसीय क्रिकेट वैशाख १७ गते र तेस्रो एकदिवसीय क्रिकेट वैशाख २१ गते हुनेछ । नेपाल र जिम्बाब्वे ‘ए’ बीच पहिलो टी–२० क्रिकेट वैशाख २३ गते, दोस्रो टी–२० क्रिकेट वैशाख २४ गते र तेस्रो टी–२० क्रिकेट वैशाख २६ गते हुनेछ । टेष्ट मान्यताप्राप्त देशको ए टिम भएको हुनाले यी खेलहरुलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले लिष्ट एको मान्यता दिनेछ । आईसीसी विश्वकप लिग टू अन्तर्गत जुनमा हुने त्रिकोणात्मक शृंखलाको तयारीस्वरुप नेपालले जिम्बाबेको टोलीलाई आमन्त्रण गरेको हो । नेपालले जुन दोस्रो साता अमेरिकामा अमेरिका र ओमान सम्मिलित त्रिकोणात्मक शृंखला खेल्दैछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार