बिहिबार, कार्तिक १, २०८१
  • होमपेज
  • बिना निष्कर्ष टुंगियो बझाङ गठबन्धनको बैठक, २ गते फेरि बैठक बस्ने
Breaking News

बिना निष्कर्ष टुंगियो बझाङ गठबन्धनको बैठक, २ गते फेरि बैठक बस्ने

बझाङ । सत्तागठबन्धनले अघिल्लो चुनावमा जितेका स्थानमा सम्बन्धित दललाई नै राख्ने र एमालेले जितेका पदमा मतभारका आधारमा भागबन्डा गर्ने निर्णयसँगै बझाङमा पनि सोही निर्णय कार्यान्वयनका लागि बसेको गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ ।

बुधबार सदरमुकाम चैनपुरमा बसेको गठबन्धनको बैठकले तालमेलको आधार टुंगो नलगाएपछि बैठक स्थगित भएको नेपाली कांग्रेसका प्रवक्ता रमानन्द जोशीले बताए । जोशीका अनुसार केन्द्रीय सर्कुलर अनुसार तालमेलका लागि गठबन्धनको बैठक बसेको थियो ।ठबन्धनका विभिन्न पार्टीले ०७४ को चुनावको भन्दा बढी सिटको ताकेता गरेपछि विना निष्कर्ष बैठक टुंगिएको हो ।

प्रवक्ता जोशीले अब बैशाख २ गते फेरि गठबन्धनको बैठक बस्ने बताए । बैठकमा नेपाली कांग्रेस, एकीकृत समाजवादी, नेकपा माओवादी र जनता समाजवादी पार्टीका नेताहरुको उपस्थिति थियो ।

मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले एमाले विभाजन भएर बनेको एकीकृत समाजवादीलाई प्रमुख राजनीतिक शक्तिका रूपमा स्वीकार गर्दै चुनावी तालमेलका ७ आधार र उम्मेदवार चयनका ४ प्रक्रिया टुंग्याएको हो । स्थानीय तहमा एमालेले जितेका ठाउँमा ०७४ को मतभार र अहिलेको अवस्था हेरेर सिट बाँडफाँड गरिने गरी गठबन्धनले तालमेल मिलाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार