शनिबार, साउन १२, २०८१
  • होमपेज
  • व्याटमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित
समाचार

व्याटमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित

 

व्याटमिन्टनका प्रिन्स दाहाल र एथ्लेटिक्सकी राजपुरा पछाई सुदूरपश्चिममा वर्षको उत्कृष्ट खेलाडी घोषित भएका छन्। खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गरेको एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डमा उनीहरू वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन्। अवार्डअन्तर्गत वर्ष उत्कृष्ट पुरुष खेलाडीमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र फुटबलका टिकेन्द्र थापा पनि मनोनयनमा परेका थिए।

दुबै जनलाई पछि पार्दै दाहाल वर्षका उत्कृष्ट खेलाडी घोषित भएका हुन्। दाहाल यसैवर्ष ओलम्पिक मान्यता प्राप्त खेलमा विश्व वरीयताको शीर्ष स्थानमा पुग्ने पहिलो नेपाली खेलाडी बनेर इतिहास रच्न सफल भएका थिए। वर्षको उत्कृष्ट महिला खेलाडीमा राजपुरासंँगै भलिबलकी सरस्वती चौधरी र फुटबलकी उषा नाथ पनि मनोनयनमा परेका थिए। वर्ष प्रशिक्षकको अवार्ड भलिबलका जगदिश भट्टले जितेका छन्। उनको प्रशिक्षणमा नेपालले लगातार दुईपटक एभिसी सेन्ट्रल जोनको उपाधि जितेको थियो।

यस्तै वर्ष युवा खेलाडीको अवार्ड फुटबलकी चन्द्रा भण्डारी, सुदूरपश्चिम आइकन (पुरुष) फुटबलका कुवेर सिंह र सुदूरपश्चिम आइकन (महिला)को अवार्ड बक्सिङकी स्वस्तिका तिरुवाले जितेकी छिन्। यस्तै क्रिकेटका प्रशिक्षक अर्जुन खड्कालाई मरणोपरान्त स्पेशल अवार्ड प्रदान गरिएको छ। उनले डेढ दशकसम्म क्रिकेट प्रशिक्षण गरेर दर्जनौ खेलाडी उत्पादन गरेको थिए। लाइफटाइम एचिभमेन्ट अवार्ड भने सुदूरपश्चिमको खेल जगतका हस्ती भनेर चिनिने लालबहादुर खड्कालाई प्रदान गरिएको छ। उनको प्रशिक्षणमा फुटबलमा सुूदूरपश्चिमले सबैभन्दा ठुलो उपलब्धि हात पारेको थियो। छैटौं राष्टिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमले फुटबलमा स्वर्ण जित्दा उनी प्रशिक्षक थिए। अवार्ड विजेता खेलाडीलाई नगद र ट्रफी प्रदान गरिएको छ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ। यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजारसहित ट्रफी प्रदान गरिएको छ। सुदूरपश्चिम खेलकुद परिषद्का सदस्य सचिव दीपकबहादुर सिंहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमका विशिष्ट अतिथी मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमीका प्रवन्ध निर्देशक सुवाश शाही थिए। खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सीताराम ओझाको अध्यक्षतामा कार्यक्रम भएको हो।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार