आइतवार, पुस ७, २०८१
  • होमपेज
  • काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव-२०७८’ सुरु हुने
Breaking News

काठमाडौंको टुँडिखेलमा ‘राष्ट्रिय लोक दोहोरी महोत्सव-२०७८’ सुरु हुने

 

काठमाडौंको टुँडिखेलमा शनिबारदेखि ‘राष्ट्रिय लोक दोहोरी महोत्सव-२०७८’ हुने भएको छ। आयोजक डिएआर मुभिज एण्ड फिल्मस् लिमिटेडले बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महोत्सवबारे जानकारी दिएका हुन्। पाँच दिनसम्म चल्ने महोत्सव उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ले उद्घाटन गर्नेछन्। महोत्सवमा ७० भन्दा बढी समूहको सहभागीता रहने महोत्सव मुल आयोजक समितिका अध्यक्ष नमराज ढुंगानाले बताए। खुल्ला प्रतियोगीतामध्येकै पहिलो ठूलो पुरस्कार राशीको महोत्सवमा प्रथम हुने समूहलाई ५ लाख रुपैयाँसहित अन्य पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, द्वितीय, तृतिय र सान्त्वना हुने समूहले क्रमश तीन लाख, दुई लाख र एक लाख रुपैयाँसहित अन्य पुरस्कार प्राप्त गर्नेछन्।

प्रतियोगीताको निर्णायकमा गायक(गायिकाहरू पुरुषोत्तम न्यौपाने, घमेश दुलाल, हरी थापा, सीता थापा, रीता थापा, कमलीकान्त भेटवाल र शिव हमाल छन्। त्यस्तै, प्रतियोगीतामा अमृत खाती, मिना मैया थापा, भिमसेन खतिवडा, सरोज लामिछाने, रविन लामिछाने, कल्पना दाहाल र राम कुमार नेपाली सम्मिलित निर्णायक मण्डल समेत रहने छ। महोत्सवमा उत्कृष्ट गायक(गायिका एवं नवप्रतिभा पुरस्कार समेत प्रदान गरिनेछ। महोत्सवमा ६४ समूहबाट विभिन्न जात जातिहरूको संस्कृति झल्कने झाँकी प्रदर्शनी गरिने, विभिन्न विधाका चर्चित कलाकारहरूको दैनिक प्रस्तुती रहने, विभिन्न स्रष्टा सर्जकलाई सम्मान गरिने साथै निःशुल्क स्वास्थ्य परीक्षणको समेत व्यवस्था गरिएको छ।

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार