शुक्रबार, साउन ११, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलन सोमबारदेखि
Breaking News

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलन सोमबारदेखि

 

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलन सोमबारदेखि सुरु हुने भएको छ । सम्मेलनको मुख्य आयोजक स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबार पत्रकारसम्मेलन गरी सम्मेलनबारे जानकारी दिएको हो । २७ देखि २९ गतेसम्म चल्ने सम्मेलनमा ४० वटा अनुसन्धानमूलक कार्यको मौखिक प्रस्तुति हुने परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले जानकारी दिए । सम्मेलनमा ८७ वटा पोष्टर प्रस्तुति, ३१ जना राष्ट्रिय विज्ञ र २२ जना अन्तर्राष्ट्रिय विज्ञहरुको आमन्त्रित प्रस्तुतिकरण पनि रहने परिषद्ले जनाएको छ ।

सम्मेलनको पहिलो दिनमा संघीय संरचनामा स्वास्थ्य प्रणालीको सुदृढीकरण र कोभिड–१९ अन्तरर्गत दृढ प्रादेशिक तथा स्थानीय स्वास्थ्य प्रणाली, रोगहरुको भार, प्रादेशिक तथा स्थानीय स्वास्थ्य सेवा, शासन र नेतृत्वको अवस्था : अवसर र चुनौती तथा कोभिड महामारीका सिकाइ, सहकार्यको साथै अन्य विषयमा आमन्त्रित विज्ञहरुको गहन छलफल र प्रस्तुतिकरण हुने डा. ज्ञवालीले बताए ।

त्यसैगरी, दोस्रो दिन पहिलो सत्रमा समुद्घाटन कार्यक्रम छ भने दोस्रो सत्रमा दुईवटा समानान्तर सत्रहरुमा स्वास्थ्य प्रणाली र नीति अनुसन्धान, बायोमेडिकल, इपिडिमियोलोजी र क्लिनिकल अनुसन्धानलगायतका विषयहरुमा प्रस्तुतीकरण र छलफल हुनेछ । तेस्रो दिनमा भने पहिलो सत्रमा विश्वव्यापी स्वास्थ्य र कार्यावान्यवन अनुसन्धानका बारेमा छलफल र समानान्तर सत्रहरु रहनेछ । जसमा अनुसन्धान आचारसंहिता, औषधि अनुसन्धान, मातृ शिशु, नवजात शिशु, बाल स्वास्थ्य र अन्तर विषय अनुसन्धानकाबारे वृहत छलफल हुने डा. ज्ञवालीले जानकारी दिए । उत्कृष्ट अनुसन्धानकर्तालाई विभिन्न एवार्डबाट सम्मान गरिनेछ । सातौं सम्मेलन कोरोना महामारीको कारण भर्चुअल माध्यमबाट गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार