बिहिबार, अशोज ३, २०८१
  • होमपेज
  • मासुका परिकारहरू धेरै छन्, कुन हो तपाईँको चुनाव ?
Breaking News

मासुका परिकारहरू धेरै छन्, कुन हो तपाईँको चुनाव ?

झोल, भुटन, रक्ती, बिरयानी या हड्डी बिनाको कबाब
मासुका परिकारहरू धेरै छन्, कुन हो तपाईँको चुनाव ?

एक डाडु झोल या मासु-चिउराको नास्ता,
यसमै झुक्छ/बिक्छ यहाँ कतिको आस्था

कसैको योभन्दा अल्लि फराकिलो मन,
चाहिन्छ तिनलाई कोदोको रस र भुटन

अर्को वर्गको अझैं कडा प्रभु भक्ति
त्यो ग्याङ खोज्छ छ्याङ र रक्ति

अझैँ ‘ठूला’ छानी-छानी, राम्रै खानी,
चाहिन्छ ती वीरलाई बियर र बिरयानी

वरिष्ठ विदेशी होली वाइन तिर बहाव
ती खोज्छन् स्पेसल हड्डी बिनाको कबाब !

आफ्नै बारेमा मात्रै कसरी तपाइले सोच्नुभयो ?
देशको हित २ चोक्टा मासुमा किन बेच्नुभयो ?

हाम्रो आउँदो पुस्ताले १ दिन पक्कै माग्ने छ जवाफ
मासुका परिकारहरू धेरै छन्, कुन हो तपाईँको चुनाव ?

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार