शनिबार, मंसिर ८, २०८१
  • होमपेज
  • महिनावारीका बेला गरिने विभेद अन्त्य गर्नका लागि सुदूरपश्चिममा जनचेतनामूलक सांस्कृतिक महोत्सव
Breaking News

महिनावारीका बेला गरिने विभेद अन्त्य गर्नका लागि सुदूरपश्चिममा जनचेतनामूलक सांस्कृतिक महोत्सव

महिनावारीका बेला महिलामाथि गरिने विभेद अन्त्य गर्नका लागि बैतडीसहित सुदूरपश्चिमका विभिन्न पालिकाहरुमा जनचेतनामूलक सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ । समाजमा रहेका हानिकारक परम्परागत प्रचलन हटाउनका लागि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोग तथा सम्बन्धित पालिकाले साँस्कृतिक महोत्सव आयोजना गरिएको हो । महोत्सवमा लोक तथा देउडा गायिका र मार्यादित महिनावारी व्यवस्थापन सद्भावना दूत रेखा जोशी गीतमार्फत जनचेतना सन्देश दिएको छ ।
आठ सयभन्दा बढी गीतमा स्वर दिएकी गायिका जोशी पछिल्लो समयमा समाजमा रहेका हानिकारक प्रचलन अन्त्यका लागि साङ्गीतिक कार्यक्रममा सहभागी हुँदै आएकी छन् । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले गायिक जोशीलाई मार्यादित महिनावारी व्यवस्थापन सद्भावना दूत नियुक्त गरेको थियो । सांस्कृतिक महोत्सवमार्फत समाजमा रहेका हानिकारक प्रचलन हटाउनका लागि गायिका जोशीलाई सद्भावना दूतका रुपमा अगाडि सारेको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सामाजिक तथा संस्थागत विज्ञ राजु तिरुवाले बताए । उनले भने, “खानेपानी र सरसफाइका क्षेत्रमा हामी काम गरिरहेका छौँ । तर महिनावारी भएका बेलामा हुने विभेद अझै कायमै रहेकाले सांस्कृतिक महोत्सवमार्फत जनचेतना र परिवर्तन गर्न खोजिरहेका छौँ ।”महिनावारीका बेला अझै पनि हाम्रो समुदायका महिलाले चर्पी प्रयोग गर्न नहुने, खानेपानीका धारा छुन नपाइने, दूध, दही खान नहुनेलगायतका हानिकारक प्रचलन छन् । महिनावारीका समयमा गरिने विभेद अन्त्यका लागि गीतमार्फत जागरण फैलाइरहेकी गायिका जोशीले बताईन् । महिनावारी भएका समयमा गरिने भेदभावले महिलामाथि हिंसा हुने भएकाले त्यस्ता खालका हिंसा न्यूनीकरणका लागि समाजमा रहेका हानिकारक प्रचलन अन्त्य गरिनुपर्ने उनले बताईन ।

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले स्थानीय तहसँग मिलेर सुदूरपश्चिमका बैतडी, डोटी, डडेल्धुरा र बझाङमा सांस्कृतिक महोत्सवको आयोजना गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार