सोमवार, अशोज २८, २०८१
  • होमपेज
  • विभागीय टिम त्रिभुवन आर्मी क्लब झापा गोल्ड कपको फाइनलमा
Breaking News

विभागीय टिम त्रिभुवन आर्मी क्लब झापा गोल्ड कपको फाइनलमा

 

विभागीय टिम त्रिभुवन आर्मी क्लब झापा गोल्ड कपको फाइनलमा पुगेको छ । सातदोबाटो युथ क्लबलाई चार–एक गोलको फराकिलो अन्तरले हराउँदै आर्मी फाइनलमा पुगेको हो । आर्मीको जितमा टेकबहादुर बुढाथोकीले दुई तथा सुमन आर्याल र सन्तोष तामाङले एक–एक गोल गरे । सातदोबाटोका लागि दीपक सिंह ठकुरीले गोल गरे । बिर्तामोडमा रहेको डोमालाल राजवंशी मैदानमा २७ औँ मिनेटमा सुमन आर्यालको गोलबाट आर्मीले अग्रता बनाएको थियो । पहिलो हाफको इन्ज्युरी समयको दोस्रो मिनेटमा दीपक सिंहले गोल गर्दै खेललाई पहिलो हाफमा एक–एक गोलको बराबरीमा पु¥याएका थिए ।
त्यसपछी ५९ औँ मिनेटमा सन्तोष तामाङले गोल गर्दै आर्मीलाई दुई–एकले अगाडि राखे । त्यसपछि तीन मिनेटको फरकमा टेकबहादुर बुढाथोकीले दुई गोल गर्दै आर्मीलाई ठूलो अग्रताले जिताए । अब आर्मीले आउँदो सोमवार हुने फाइनलमा झापा–११ र सङ्कटा क्लबबीचको विजेतासँग खेल्नेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार